स्वस्थानीको सांगेतमा व्यर्थ आईएछ हजुर
माया सम्झी वनको बाटो व्यर्थ धाईएछ हजुर
भञ्ज्याङको सिमल तिमी भुवा आकाश भरी
त्यही भुवामा चोखोमांया व्यर्थ लाईएछ हजुर
दुईटा मुटु तिन्मा बग्ने एउटै नशा प्रितको
नशालाग्यो बेसुर बनी भजन गाईएछ हजुर
परेवा र हांसको जस्तै प्रेमको संसारलाई
सजाउं भन्थ्यो मन्ले तर आकाश छाईएछ हजुर
कित माया लाउदै नलाउ लाएपछि फलाउ भन्थे
यहि मर्मको ज्ञान नहुंदा दुख पाईएछ हजुर
गजलकार
वेद थापा “बेहोशी”,
सेतिदोभान ७, स्यांजा