“तिम्रो जवानी” - Palpali Milan

02 February 2012

demo-image

“तिम्रो जवानी”

anu+shah
तिम्रो मुस्कानमा बिजुली चम्किन्छ
कहीँ कसैलाई लोभ्याउन त हैन?

धपक्क बलेको जवानी तिम्रो
कहीँ कसैलाई जलाउन त हैन?

बेचन छन् तिम्रो मनका भावहरु
कहीँ कसैलाई व्याकुल बनाउन त हैन?



फैलियको केशरासी तिम्रो
कहीँ कसैलाई अल्झाउन त हैन?

खोजी रहेछन् तिम्रो चन्चल आँखाले
कहीँ कसैलाई लठ्ठयाउन त हैन?

छचल्की रहेछन् तिम्रो प्रेमको सागर
कहीं कसैलाई डुबाउन त हैन?
रचनाकार
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA

Search

Contact Form

Name

Email *

Message *