प्रेम दिवस ( Valentine Day Gajal in Nepali by Jane Tamu ) - Palpali Milan

Recent

14 February 2012

प्रेम दिवस ( Valentine Day Gajal in Nepali by Jane Tamu )

पश्चिमको रिती थिती मानिन्छ हो प्रेम दिवस
मौका मिले नजरले हानिन्छ हो प्रेम दिवस

पर्दैन भो कुर्ने पर्व मिल्यो भने दुई आत्मा
अगालोमा एकअर्का बानिन्छ हो प्रेम दिवस

सोमरस भनु फिक्का त्यो नि मात बढेपछी
पिलाएरै प्रेम प्याला तानिन्छ हो प्रेम दिवस


मिलाएर पानपाते बुट्टैबुट्टा जोडीहरू
गुलाबले वदनमा झानिन्छ हो प्रेम दिवस

लगाएर लाहाछाप ओठ माथी अधरैले
प्रणयको नव सृष्टि धानिन्छ हो प्रेम दिवस

गजलकार
जेन तमू "ज्ञानेन्द्र"
धादिङ नेपाल
प्रेम दिवस ( Valentine Day Gajal in Nepali by Jane Tamu. A sweet valentineday sms based gajal in nepali )

No comments:

Post a Comment

Search