Sayeri by R. Sharma - Palpali Milan

22 January 2011

demo-image

Sayeri by R. Sharma


कुरो अस्तिको हो हजुर देखे उनीलाई बजारमा
नजरसम्म जुध्यो हजुर बोल्न पाइएन नि हतारमा
त्यही नयनले के के गर्यो
कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर


खुशि औधी भए म देखी उनलाई छिमेकीकोमा आएको
अस्ति मात्र देखेको उनलाई हिजोसँगै बसी बोल्न पाएको;;
;;
;

त्यही बोलीले के के गर्यो

कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर

परीसरी रुप उनको छिन उनी एक लाखौँ हजारमा
कब्जा गरिसकिन उनले मेरो मन मस्तिष्क अनि विचारमा
त्यही रुपले के के गर्यो

कसरी भनम हजुर
रातको निन्द्रा उड्यो दिनको चयन पनि गुम्यो हजुर

R. Sharma

Search

Contact Form

Name

Email *

Message *