Kale n Gore श्री जलपरमेश्वरी माता - Palpali Milan

08 February 2011

demo-image

Kale n Gore श्री जलपरमेश्वरी माता



गोरजी आज्ञा गर्नुहुन्छ–“ हे काले बाबु, कलियुगमा नेपाल भन्ने देशमा जलपरमेश्वरी माताले आफुलाई उचित तरिकाले पुजाआजा नगरेको तथा आफुलाई सहि तरिकाले सदुपयोग नगरेको साथै आफुलाई दुषित बनाउने विभिन्न तुच्छ कार्यहरु मनुष्यजातिले गरेको तथा नेताहरु सधैँ आफ्नो दुनो सोझ्याउनतिर मात्र लाग्ने र जनताहरु आफुमाथि जतिसुकै अन्याय भएपनि सहिरहने प्रवृति देखी जलपरमेश्वरी माता निकै क्रुद्ध भई ....
...
.
आफ्नो उग्र रुप लिई नेपाल बासीहरुलाई जबसम्म तिमीहरुले मेरो उचित तरिकाले प्रयोग गर्दैनौ र नेताहरुलाई देशप्रति सर्मपित हुन घचघच्याउदैनौँ तबसम्म तिमीहरुले जल र बिजुली दुबैको अभाव भोग्नु पर्नेछ भनी शराप दिनुभयो ।

हे काले बाबु, यसरी जलपरमेश्वरी माताले शराप दिए पछि पनि नेपालबासीहरुले केही वर्षसम्म केही वास्ता नगरी बसे जसले गर्दा जलपरमेश्वरी माता झन् क्रुद्ध हुनुभयो र फलस्वरुप नेपालमा वर्षैपिच्छे पिउनेपानीको अभाव देखा पर्न लाग्यो र बिजुली माता पनि अत्यन्तै क्रोद्धित भई एकदमै कम समय मात्र दर्शन दिन थाल्नुभयो भने लोडसेडिङ्ग नामक दैत्यले सबैलाई क्रसित पार्न थाल्यो । यसरी लोडसेडिङ्ग लगायत विभिन्न समस्याले विकराल रुप लिन लागेपछि जनताहरु क्रोधित भइरहेको स्थितीमा हालै आएर देवीप्रसाद रेग्मी नामक एक आटिँला नेपालीले एकजना प्रख्यात नेताका गालामा मज्जैसँग चड्कन दिए तिनै नेता हाल नेपालका प्रधानमन्त्री बन्न पुगेका हुदाँ त्यो चड्कनलाई मनमस्तिष्कमा राखी काम गरेमा जलपरमेश्वरी माता प्रशन्न भएर जल र बिजुलीको समस्या चाडैँ समाधान भई पो हाल्छ कि भन्या हामीलाई लागीरहेछ ।


इति श्री जलपरमेश्वरी माता
काले र गोरेका अर्थनबर्थका कुरा
जलपरमेश्वरी माता शरापं एवं देवीप्रसाद रेग्मी चड्कनं नामकः प्रथम अध्याय ।





Search

Contact Form

Name

Email *

Message *