शुन्दर्ताको धनि तिनै भुल्दिन म सोलुखुम्बु
तिमीलाई छोडी कतै डुल्दीन म सोलुखुम्बुहिमालको घेरा भित्र सजेका छौ कति राम्रो
कसै गरि बिदेशमा झुल्दीन म सोलुखुम्बु
बाह्रै मास बग्ने तिनै दुधकोशी सोलुखोला
छोडी कतै अन्तै तिर फुल्दीन म सोलुखुम्बु
गुम्बा चैत्य देवी थान सबै मिली बसेका छन्
तिमीलाई छोडी अन्तै घुल्दीन म सोलुखुम्बु
याद भनि सधैं तिमी छाई दिनु जहिले नि
पराईको ठाउँ दिल भित्र हुल्दिन म सोलुखुम्बु
गजलकार
सुवास संगम राई
लोखिम,सोलुखुम्बु
No comments:
Post a Comment