****सगरमाथामा पुग्नेहरु ***** - Palpali Milan

18 December 2011

demo-image

****सगरमाथामा पुग्नेहरु *****


सगरमाथामा चढनेहरु सबै तेन्जीग,पासांग,हुदैनन्
न त जुनको ताबेई,एडमन हिलारी मात्र चढछन
कोहि-कोहि राजनीति गर्नेहरु पनि पुग्छन
टुप्पो भन्दा पनि माथि कहाँ पुग्छन पुग्छन
सबै पुग्न नसक्ने ठाउमा पुग्छन उनीहरु
तेन्जीग,पासांग,जुनको,एडम पुगेभन्दा माथि

सगरमाथा धेरै माथि हुनेगर्छ त्यसै त
तलबाट बोलेको,कुर्लेको केहि सुनिन्न
न पहाडीहरूको च्यातिएको दौरासुर्बाल देखिन्छ

न मधेसीहरुको फाटेको धोतो देखिन्छ
अरु त अरु सेर्पाको बक्खुको मयल पनि देखिन्न
थारु,लिम्बी,पोडे,चमार,मगर,कसैको केहि देखिन्न

सगरमाथामा पुग्नु भन्दा पहिले सबै तलै हुन्छन
तराइमा समस्यै समस्या पाउँछन
पहाडमा हुदा पहाडका समस्या देख्छन
हिमालमा पुग्दा हिमालिहरुका दुख भेट्छन
तर ८८४८ मिटर माथि त्यो सब हुदैन
सबैले ज्याकेट,जुत्ता,मजा लगाएकै हुन्छन

माथि सबै सेत्तै हुन्छ यूरोप जस्तै जता-ततै
न पानिको समस्या,न अक्सिजन को कमि
खाना,कपडा,बन्दोबस्तीका सामान आफै बोकेकै हुन्छन
बरु चन्द्रमा,सुर्य देखिन्छ टाउकै माथि,टिप्नै सकिएला
दुर्बिन्ले हेरे पनि तर तल कता-कता,मरे देखिन्न
न पहाड,न तराइ केहि कतै देख्दै देखिन्न

माथि,माथि नै हुनेगर्छ,माथिको पनि माथि
त्यहा पुग्नेहरुले दुरबिन,चस्मा लगाउछन
तर पनि केहि खान पाएनै भन्नेलाई देख्दैनन
भन्छन के तिमीहरुले पाउरोटि पनी खान पाएनौ ?
पानि पाएनौ भन्नेलाई सोध्छन,कुवा,खोला सुके?
च्यातीएका कपडा धारिलाई,यो नया फेसन? भन्छन

थोरै पुग्ने हुनाले अरु र्याल चुहाउछन,खुट्टा तान्छन
पुग्नेहरु आफुले गाडी चढ्दा सबैले चढेको ठान्छन
आफ्नो घरमा गाड हुदा,संसार सुरक्षित देख्छन
अह उनीहरु केहि समस्या भेट्दै भेट्दैनन
सबैको दैलैमा सबै चिज पुगेको ठान्छन
हो सगरमाथा माथि हुन्छ,माथिको पनि माथि

mad+nepai+solta+%2528+nepali+boy+waving+nepali+flag+in+pokhara+%2529




म्याड नेपाली सोल्टा " पागल कबि "
****सगरमाथामा पुग्नेहरु ***** 

Search

Contact Form

Name

Email *

Message *