****** गजल ****** - Palpali Milan

18 December 2011

demo-image

****** गजल ******

खोजि हिडे गाँउ बेंसीमा तिमि,शहर पस्या रैछौ ।
झुप्रो झाप्री चालिरहे ताजमहलमा बस्या रैछौ ।

तिमिलाई नै छानिरहे,बेइमानि नि ठानिरहे ।
तर हैन बाध्यताको जञ्जिरमा नै फस्या रैछौ ।

चाहन्थे म चुकाउन नि बाचा बन्धन फुकाउन ।
केही गरेनि नसकिने नौ डोरिले कस्या रैछौ ।


आफ्नो भन्ने सारा छोडी सिधा बाटो कोल्टे काल्टी मोडी ।
पहिले भन्दा आलि तल आज भोलि खस्या रैछौ ।

खोजि हिडे गाँउ बेंसीमा तिमि शहर पस्या रैछौ ।
झुप्रो झाप्री चालिरहे ताजमहलमा बस्या रैछौ ।

Dilip+Rai

















Dilip Rai " मुस्कान कान्छा "
Bhojpur, Nepal
****** गजल ****** 

Search

Contact Form

Name

Email *

Message *