**** धेरै चिन्ता नलिम होला **** - Palpali Milan

19 December 2011

demo-image

**** धेरै चिन्ता नलिम होला ****


चिन्ता नलिम होला।
यहाँ यस्तै रहिछ भनी चित्त बुझाम होला
कसैले भन्थे सतिले सरापेर यस्तो भाको
त्यो त केवल एउटा बहाना मात्र होला
आफ्नो कायरपन बाट भाग्नलाइ
आफ्नो जिम्मेवारिदेखी पन्छिनलाई

दोष उनिहरुलाई मात्र नदिम होला
हेर्नुस कम्प्युटरभरी के लेखेका छन
कतिले आक्रोश पोखेका छन
राम्रो भन्ने कोही छैनन
तर पनि देश उनिहरुकै हातमै छ
एक पटक मनन गरौ होला
के हामी निर्दोष छौ त ??
प्रयास गर्दै छौ, तर के यतिले पुगेको छ त ?


अब धेरै नघोरिवौ होला
जवाफ स्पष्ट छ
अह पुगेको छैन हाम्रो प्रयास
कम्प्युटरको भित्तोले पुगेको छैन
गाउँ गाउँ को मान्छेले बरु बुझिसके होलान
तर हामीले बुझ्न सकेका छैनौ
अह फिट्टिकै छैनौ
बुझ्न पनि किन पर्‍यो
के नै पो खाचो परेको छ र
खान लाउन पुगेकै छ
उस्तै परे वाक्क लागे विदेश लाग्दिन्छौ
के छ र हाम्लाई
धेरै सजिलो भाको छदै छ्

त्यसैले धेरै चिन्ता नलिम होला
आफ्नो दिमागको नशा नतन्काम होला
देश जहाँ गएपनी हामी कही जाने छैनौ
हाम्रो भविस्य सुनिस्चित छदै छ्
देशमा नभए एन आर एन र पि आर
भन्दै बिदेशमा त पक्कै सुनिस्चित छ

Gambhir+Guevara






Gambhir Guevara

Pasthali, Kavrepalanchwok, Nepal
 **** धेरै चिन्ता नलिम होला ****

Search

Contact Form

Name

Email *

Message *