{" सन् 2010 मा कोलम्बोमा सम्पन्न भएको सार्कमुलुक स्तरीय स्नातकोत्तर् तहका विद्यार्थीहरुको कबिता प्रतियोगिता मा दोस्रो स्थान प्राप्त गर्न सफल सन्जना खड्काजीको नेपाली कबिता ।" }
चकमन्न निरब रातमा
नभ माथिको चित्रे मन्डल नियाल्दै
फुस्रे मरुभुमी छिचोल्दै
अलमस्त जबान ऊटहरु लम्किरहेछन
... मातृभूमी छाडने दाउमा ।।
चालिरहेछन अन्त्यहिन पाइलाहरु
नयाँ बिहानी जन्माउने नाउमा ।।
दोभान बिच बुढो प्याधा शारिरहेछ
बैरागी पाइलाहरु
जबान ऊट्का डाम बसेका खोबिल्टे
डोबहरु नियाल्दै
आफ्ना बैरागी खुरहरु चालिरहेछ
सन्तति ऊटका बिदाइका लागि
वृद ऊट जिबनको बिपस्यना देखी थकित छ
बिस्तारै श्वास भित्र बाहिर गरीरहेछ
हरेक फ्याकिएका श्वासमा मरेका पुस्तालाई सम्झिरहेछ
तानिएका श्वासमा आफ्ना सन्ततिलाइ देखिरहेछ।।
जिबनको अन्तिम प्रहरमा समभुतऊल बगरमा
लम्पसार भएर पल्टिएको छ
तर,
मर्नु अगाडि दिब्योपदेश दिन चाहन्छ
भन्न चाहन्छ आफ्ना सन्तति हरुलाई
सुनाउन चाहन्छ समदर्शी ऊट्हरुलाई
जन्मभुमी को गरिमा
मरुभुमिको महिमा
बाडन खोज्छ सपनाहरु,
ताडका रुखहरु एही पलाउनेछ
सखरखन्डका लहराहरु उम्रिनेछन
छाडिदेउ काला छकडाका सपना हरु
काठे छकडाका बत्स्यहरु फैलिनेछन
जरुवाका मुलहरु यही बगरमा फुटनेछन
सम्भल्।। सम्भल्।।
फर्किउ सन्तति आफ्नै भुमी मरभुमिमा
सगिनी ऊट्हरु पर्खिरहेछन
सम्भल्।। सम्भल।।
आखिर कसले बुझ्छ बिचेतको बर्बराइ
हुलका हुल ऊट्हरु,
खुरका घुएत्रा हरुले
बालुवा ऊडाउदै
हर्ष मिसिएका बेतालका
गीतहरु गाउदै
भिन्न जलनिमेश तर्फ ऊन्मुख छन
रातको उत्तरार्ध सगै नयनाम्बु तारा
टिप्न ऊधत छन ।।।
शायद बुढो ऊट् पनि खुशी छ
ऊस्का मृत शरीर का पुन्जहरु आफ्नै आकाशका
बाजहरु को आहार भएको मा
कवियत्री
सन्जना खड्का
काठमाडौं नेपालहाल
जेनेभा स्विजरल्यान्ड ।
*** The story of old Camel *** ( Poem )
No comments:
Post a Comment