*** नभेटीएको माया *** - Palpali Milan

27 January 2012

demo-image

*** नभेटीएको माया ***

Roshan+Bhatta
उदाई रहेछ सुर्य
पुर्व आकाशमा हरदिन
अनि उदाई रहेछ चन्द्र
पश्चिम आकाशमा हररात
तर यी दुवैले एक आपसमा
कहिले भेट गर्दैनन्
कहिले नजर जुदाऊदैनन्
न कहिले माया लाउछन
यी दुई पल पल तड्पी रहेछन
एक आपसमा समाहित हुन्

जसरि नदीका दुई किनारा
जसरि चुम्बकका दुई  धुर्व
तर यी दुवै लाचार छन्
त्यसैले यो दुनियालाई
आफ्नो व्यथा अनि प्यासको
कुनै वेदना अनि कथा नसुनाई
आउछन अनि जान्छन
जब सुर्य अस्ताउछ पश्चिममा
तब चन्द्रलाई स्वागत गरि
नभेटी डुबी दिन्छन
जब चन्द्र अस्ताउछ पुर्वमा
तब सुर्य लाई स्वागत गरि
नभेटी डुबी दिन्छन
यी एक आपसमा कति
परिपुरक छन् तैपनि
यिनीहरुको न कुनै
मिलन न कुनै विछोड
यी दुई यो सृष्टीका
दिन अनि रातका
देखिएका देवताहरु
केवल यो जगत लाई
उज्यालो दिन अनि लालिमा छर्न
निरन्तर घुमिरहेका छन्
आफ्नै कक्षमा अनि स्थानमा
केवल कुमालेको चक्र झैँ

रचनाकार
रोशन भट्ट
दोहा-कतार

Search

Contact Form

Name

Email *

Message *