बलात्कार गरिरहेछन ६०१ । - Palpali Milan

08 January 2012

demo-image

बलात्कार गरिरहेछन ६०१ ।


ऐया
आत्थु
निरन्तरताको चित्कारलाई
हाँसोमा उडाउदै
बलात्कार गरिरहेछन ६०१ ।

स्वतन्त्रतालाई मुठ्ठिमा कसेर
बोत्तलको आडमा जिब्रो फट्कार्दै
हाँसोको फोहोरामा
निर्दोष संबिधानलाई
बलात्कार गरिरहेछन ६०१ ।


निश्चित समय सकिदा पनि
समय थपी थपी,
पिडा माथि पिडा दिइ
बोल्ने त्यो मुख थुनी
चल्मलाउने हात खुट्टा बाधी
निर्वस्त्र अनी निसस्त्र
संविधान माथि
बलात्कार गरिरहेछन ६०१ ।

सत्ताको स्वाद चाख्न
सडकमै खाए सडकमै नाचे
पालैपालो वारी पारी गर्दै
सत्ता लिप्साले युक्त भइ
संविधानको अस्तित्व माथि
बलात्कार गरिरहेछन ६०१ ।

लुटिरहेछन खुशी
भुटिरहेछन इच्छा
भुम्रोको माछो बिचरो संविधान
चिच्याइ रहेछ
बिन्ती बचाउ मलाइ बचाउ
मानव नभै दैत्य रहेछन यि
संविधानको मुर्छनामा
उटपट्याङ हाँसोको फोहोरामा
मय राक्षस गर्जिए सरी गर्जदै
बलात्कार गरिरहेछन ६०१ ।


मेची रोयो काली रोयो
रोल्पासगै गोरखा रोयो
गोर्खालीको सान गिर्यो
नेपालीको मान बिग्र्यो ।
तैपनी छाडेनन यो ६०१ ले
बलात्कार गरिरहेछन ६०१ ।


६०१ को तलब सरी
बढीरहेछ महङगी
रातदिनको लोडसेडिङग
भष्टचारसगैको हिंसा
घटिरहेछ त केबल संबिधानको आशा
तुहिने नै भयो आशा
बलात्कार गरिरहेछन ६०१ ।


बलात्कारीहरु चोर र फहाटाको अर्को पाटो,
दिउसै बिजुली चोर्छन
रातो पासपोर्ट बेच्छन
अनी
एकाबिहानै मादको नशामा डुबेर
जनतालाई धम्की दिन्छन
तेरी संबिधान फर्किदैन अब
बलात्कार गरिरहेछन ६०१ ।


रातभरी जाग्राम बस्छन
आँखा चिम्लिएर म्याद थप्छन
यसरी नै बर्सौ काट्दै
बलात्कार गरिरहेछन ६०१ ।

rAm++chAdrA+kArki
कवी 
रामचन्द्र कार्की
आपपिपल -४राईगाउँ गोरखा
हाल : महेन्द्रपुलपोखरा

बलात्कार गरिरहेछन ६०१ ।

Search

Contact Form

Name

Email *

Message *