सागरको पानी देख्दा, घर-छेउको खोली सम्झें
घरि घरि छल्को उठ्दा, उनकै मिठो बोली सम्झे
ढुक-ढुकीमा खोजी रहेँ, सम्झनाको तरेलीमा
मलाई भेट्न झरिन उनी, आँखाबाट परेलीमा
मुहारको भीरै-भीर, उनीसंगै म नि झरें
उर्ली झर्दा भावसंग, आँशु-तालमा एक्लै परें
साहसले पौडिएर, निस्कें फेरि किनारामा
सोचें ! यस्तै होला सबै, हाँसो खुसी संसारमा
तरंग ति सल्बलाउँदा, सकम्बरी रुप सम्झें
तृष्णाले यो आँत सुक्दा, सदियौंकै कूप सम्झें
गीतकार
मनु लोहोरुङ राई
सितलपाटी - ६, संखुवासभा
हाल : - न्युयोर्क
No comments:
Post a Comment