** फूलबारीमा ** - Palpali Milan

31 January 2012

demo-image

** फूलबारीमा **

atit+Lingden

सुन्दर फुल झैं मनको फूलबारीमा फुली देउ तिमी !
भमरा बनी मेरो दिलको आँगनीमा डुली देउ तिमी !!

झरी दिउँला बिहानीको सीत जस्तै बोक्ने पवन सरी !
हरियाली ति वसन्तको बहार संगै झुली देउ तिमी !!

रमाएर खुशी भरी हाँसो संगै बाँचेको थियो जिन्दगी !
कति पिडा भयो अतितमा अब सबै भुली देउ तिमी !!


झरी बर्षेको नयन लाई नबनाउ नशामा झुमे सरी !
नजरका कयौं बिष पनि अमृत बनी घुली देउ तिमी !!

नदुखाउ त्यो मुटुलाई जीवन बन्छ फेरी अन्धकार !
बादल माथि नीलो आकाश खुले सरी खुली देउ तिमी !!

गासौं अब नयाँ नाता कहिले नछुटिने नमेटिने गरी !
अटल बनी हिम शिखर झैं मन भित्र चुली देउ तिमी !!

गजलकार
अतित सुब्बा (लिङ्देन)
झापा

Search

Contact Form

Name

Email *

Message *