* गजलकार नै बन्न सकिन * - Palpali Milan

24 January 2012

demo-image

* गजलकार नै बन्न सकिन *

atit+Lingden
साहित्यकार चाहा मेरो गजलकार नै बन्न सकिन
ओझेलमा पर्यो सबै चाहाना भीडमाझ रम्न सकिन

सयपत्री फुलको माला झैं छाती भित्र भित्रै गुथेर राखे
हजारौ कथा व्यथा उठ्छ मनमा किन भन्न सकिन

सजाएर राखौं भन्छु विध्या सरस्वतीको वरदान सरी
लाखौं तारा आँखामा चम्किन्छ मैले गन्न सकिन


डाँडा पाखा को कथा कोरी दिंदा जोसिन्छ हात मेरा
मचिएका छन् मुटुमा अनेकौं धड्कन खन्न सकिन

विरहले झन् उदासिंदै यीनै मस्तिष्कमा छुए पछी
काउकुती लाग्छ फेरी मेरो अंग अंगमा धान्न सकिन 

गजलकार
अतित सुब्बा (लिङ्देन)

Search

Contact Form

Name

Email *

Message *