** विष पिलाई जानेहरु ** - Palpali Milan

30 January 2012

demo-image

** विष पिलाई जानेहरु **

Laxman+Bhantana+Sireesh



एकै छिन आँउछन किन बाटो भुली जानेहरु
रोजी छाडी गर्छन किन प्यार भुली जानेहरु

बाचा बाँधी विश्वाश दिलाई उ नै टाढा भैदियो
भुल्न खोजें सारा अतित झनै गाढा भैदियो

किन खोज्छन अमृत यहाँ विष पिलाई जानेहरु
हाँसो खुशी सबै लुटी आँशु दिलाई जानेहरु
रोजी छाडी गर्छन किन प्यार भुली जानेहरु



नदुखे नि हुन्थ्यो घाऊ यती बिघ्न पोल्ने गरि
कुन साइतमा गयौ तिमी सधैं याद आउने गरि
फर्केर त कहाँ आउछन मन चुँडाई जानेहरु
माँया मोह पिरतिमा खुशी जलाई जानेहरु
रोजी छाडी गर्छन किन प्यार भुली जानेहरु

गीतकार
लक्ष्मण भन्तना "शिरिष"
अश्राङ्-४, गोर्खा
हाल्- आबुधाबी

Search

Contact Form

Name

Email *

Message *