** गुण हेर सुन्दर त्यो मुहार नमाग ** - Palpali Milan

22 January 2012

demo-image

** गुण हेर सुन्दर त्यो मुहार नमाग **

Shanti+Adhikari
गुण हेर सुन्दर त्यो मुहार नमाग
छिन भर सिगाँरीने जुहार नमाग ।।

हेर्दा राम्रो भए पनि स्वर्थ हुन्छ जुनमा
बिर्सेर नि तिमीले त्यो उपहार नमाग ।।

नपलाउदै पालुवा ति झर्न थाल्छन जहाँ
त्यही ठाउँमा हरीयाली बाहार नमाग ।।


जानि जानि खाल्डो भित्र पसिसके पछि
जिन्दगीलाई माया मानि गुहार नमाग ।।

गुण हेर सुन्दर त्यो मुहार नमाग
छिन भर सिगाँरीने जुहार नमाग ।।

गजलकार
शान्ती अधिकारी
लमजुङ्ग नेपाल हाल नेपालगञ्ज ।

Search

Contact Form

Name

Email *

Message *