गमक गेडिहरु - GAMAK GEDI - Palpali Milan

11 January 2012

demo-image

गमक गेडिहरु - GAMAK GEDI

Starhang+Bantawa+%2527jalan%2527


तिमी संगै बसेर मेरो जुनि काटौला 
आँखाभरी आशुनै भए पनि हासौला  
माया साटेर
जिउलानी दु:ख सुख बाटेर (१)


मैले पनि तिम्लाई मन देखी चाहेको 
भेटे भित्री मनले आज बल्ल खाएको 
चोखो मायामा 
तिमीलाई देख्छु छायामा  (२)


चाडै अब आउनु भेट्नलाई फर्केर 
दिनरात काट्दैछु औंलागनी पर्खेर 
वाचा खाएर 
नजानु है अब आएर (३)


आज भोली मलाई पनि यस्तै हुँदैछ 
आज तिम्रो यादले मन मुटु छुदैछ 
छात्ती चर्कियो 
आँखा बाट अश्रु दर्कियो  (४)


किन हास्यौ मलाई हेरी ओठ टोकेर
फेरी किन लजायौ आँफै मुख छोपेर
कुरा गरन
म भए तिर सरन (५)


जीवनको यात्रामा धेरै चोट खाईयो
अरुको यो दु:खमा हास्ने पनि पाईयो
खुशी आएन
आफ्नो भन्ने कोही पाएन (६)

सर्जक 

Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई 

Search

Contact Form

Name

Email *

Message *