सुनगाभा दिदीको नेपाली गजल " संविधान बनाईदेउन " - Palpali Milan

10 January 2012

demo-image

सुनगाभा दिदीको नेपाली गजल " संविधान बनाईदेउन "

Bina+Tamang+Nepali+Sahitykar+Kathmandu
आफ्नो अडान तल झारी संविधान बनाईदेउन
निच दलिय स्वार्थ मारी संविधान बनाईदेउन

तेरो मेरो किन भन्छौ ? लडाँई,झगडा अब नगर
रिस राग सबै पर सारी संविधान बनाईदेउन

देशै नरहे के को पार्टी ? के को नेता एकपल्ट सोच
लौ डुब्न लाग्या डुङ्गा तारी संविधान बनाईदेउन


साँच्चै जनहित सोच्छौ भने किन गर्दैछौ झमेला
दुश्मनी बाटो बारी संविधान बनाईदेउन

सधैभरी जितेकै थियौ हैन?,भोली पनि जितिहाल्छौ
एकपटक आज हारी संविधान बनाईदेउन

गजलकार
बिना तामाङ "सुनगाभा"
काठमाण्डौं ।
सुनगाभा दिदीको नेपाली गजल " संविधान बनाईदेउन "

Search

Contact Form

Name

Email *

Message *