जीवनमा उकाली ओराली अझै धेरै छन्
संघर्ष गर्दै चढ्ने देउराली अझै धेरै छन्
यो फुलबारी सजाउँछु भन्ने रंगिन फूलहरु हो
रंग मिलि फुल्नु पर्ने ठाउँ खाली अझै धेरै छन्
कहिल्यै नअस्ताउनेको निम्ति रात के हो र ?
सयौं मृत्युमा रमाउनेको निम्तिघात के हो र ?
मरुभूमि पिएर तिर्खा मेट्ने शक्ति मसंग भए पछि
पानीको अभावले तड्पाउने तिम्रो त्यो आँत के हो र ?
तिम्लाई चोट दे'को हैन मैले जानी जानी
लाग्यो क्यारे भत्किँदा मनको कुनाकानी
दुई ज्यान,एकै मुटु, भइ बाँच्दा मान्छे
कैले वारी-पारी तीर, कैले संगै बग्छौँ पानी
रचनाकार
मनु लोहोरुङ राई
सितलपाटी - ६, संखुवासभा
हाल : - न्युयोर्क
No comments:
Post a Comment