** चाना चाना काटेको यो मुटुको टुक्रा ** - Palpali Milan

07 February 2012

demo-image

** चाना चाना काटेको यो मुटुको टुक्रा **

Dhungana+Govinda
चर्दा चर्दा झार झैं मरेको बगर
यौटै छ फूल जस्तो झरेको रहर

चाना चाना काटेको यो मुटुको टुक्रा
तिम्रै भो रक्त-नदी तरेको शहर

तहस् नहस् पैह्रोमा बगेको छ मन
दीन अश्रु-दहमा डढेको प्रहर


शुनशान अनि चकमन्न छ अझै
बमको छर्रामा हो परेको डगर

डोब छ बामे सर्ने पाइलाहरुको
प्रतिपल छ अनौठो बढेको कहर !!
गजलकार
शाश्वत ढुंगाना {गोविन्द}

Search

Contact Form

Name

Email *

Message *