प्रेमप्रस्ताव ( नेपाली शायरी ) - Palpali Milan

08 February 2012

demo-image

प्रेमप्रस्ताव ( नेपाली शायरी )

.com/blogger_img_proxy/
धेरै पछि बल्ल आज
एक्लो भए जस्तो लाग्यो
एक्लो मनको कुरा गर्न
मेरो मनको डर भाग्यो ।1।


यो धर्तीमा जन्मेपछि
एक पटक त मर्नै पर्ने
एक्लै जिउछुँ भने पनि
एकको भर त पर्नै पर्ने ।2।


धेरै धेरै साची मैले
तिमीलाई नै छानेको छु
तिमीले जे भने पनि
जीवन साथी मानेको छु ।3।


तिमीले मलाई साथ दिए
मत तिम्रै साथमा छु
तिमीले जे भने पनि
म त तिम्रै आशमा छु ।4।



लामो जीवन पुरा गर्न
तिम्रै साथ छानेको छु
तिमी यसलाई जे भन
प्रस्ताव मैले मानेको छु ।5।

Ishwor+Pandey
रचनाकार
ईश्वर पाण्डेय
शंकरनगर – ४
रुपन्देही नेपाल

Search

Contact Form

Name

Email *

Message *