*** धड्केका मुटूका इन्जन *** - Palpali Milan

08 February 2012

demo-image

*** धड्केका मुटूका इन्जन ***

purna+bandhan+bhandari+..compnhen+denmark
आएर त के विग्य्रो र जे विग्रनु छोडेर विग्य्रो
जोडेर लौ के विग्य्रो र जे विग्रनु तोडेर विग्य्रो

आवाद हुने चाह थियो बोलाएको तेसैले मैले
मिलाएको ओछ्यानमा सेतो लुगा ओडेर विग्य्रो

लाएको त्यो कामुक नाता सुनसान सुहागरात
धड्केका मुटूका इन्जन संगै नजोडेर विग्य्रो


खल्खली बगेछ भन्यो पानीको मूल फुटे सरी
रुझेको यौवनको बस्त्र तिम्ले निचोडेर विग्य्रो

कामुक थियो चाहना मेरो तिम्ले भो भो भन्दा
विश्राम मैले लिएकै थेन उठी विछोडेर विग्य्रो

मैले धाएँ तिम्रो दैलो चाह अधुरो मेट्नु थियो
ढोका उघारेऊ तर तिमीले मुख मोडेर विग्य्रो

गजलकार
पूर्ण बन्धन
कोपनहेगन डेनमार्क

Search

Contact Form

Name

Email *

Message *