* मायालु लाई संदेश * - Palpali Milan

06 February 2012

demo-image

* मायालु लाई संदेश *

Roshan+Bhatta
खै कसरी भनु तिमीलाई
यो मेरो मनले तिमीलाई
किन किन रोजिसकेको छ
पाउन तिम्रो साथ हरपल !!

यो मेरो नयनले तिमीलाई
किन किन खोजिसकेको छ
तिम्रा ति मन्द मुस्कानले
म पागल सरी भएको छु !!


तिम्रा ति चंचल जवानीमा
म चुर्लुम्म डुबीसकेको छु
लाग्छ मलाई तिमी नै
मेरो सुन्दर भविष्य हौ !!

जब देख्दिन तिमीलाई
भौतारिन्छु अनि तडपिन्छु
किन किन नतमस्तक हुन्छु
सक्दिन स्वास फेर्न गारो हुन्छ !!

सम्झिन्छु तिमीलाई मुटु सारो हुन्छ
हाल्छु सुस्केरा लिन्छु तिम्रो नाम
अनि अलिकति पाउँछु आराम
किनकी तिमी मेरो हर स्वासमा !!

मेरो हर कोषमा अनि जीवनमा
मेरो मनकी मायालु बनेर
मेरो मुटुमा मायाको अमृत जल
बनेर मेरो जिवनलाई सिंचित गर्न !!

दौडिरहेकी छौ थाहा छ तिमी
म भन्दा कोशौ टाढा छौ
देख्न सक्दिन तिमीलाई
तैपनि तिमि बाट मैले !!

अपार अनि अथाह माया
पाईरहेको छु जुन माया
केवल अदृश्य छ तर
त्यहि अदृश्य तिम्रो मायाले !!

मेरो जीवन धानेको छ
किनकी यो मेरो मनले
केवल तिमीलाई आफ्नै
मनकी मायालु ठानेको छ !!

यो मेरो मनको आभास
केवल तिम्रै तिम्रै मायाको
यो मेरो जिवन केवल केवल
तिम्रै तिम्रै मायालु छाँयाको !!

रचनाकार
रोशन भट्ट
दोहा-कतार

Search

Contact Form

Name

Email *

Message *