* आई एम साँरी सुन्तली * - Palpali Milan

06 February 2012

demo-image

* आई एम साँरी सुन्तली *

Suresh+Prasad+Aryal+Kanchho+copy
आई एम साँरी सुन्तली अलिकति चडाई आ'छु
यो झुकेको गर्दनलाई अलिकति ठडाई आछु

अति भा थ्यो सिन्के साला,मै हू भन्थ्यो तिन्के दादा
झ्यापको तालमा च्याप समाई,कोई लाई उडाई,कोई लाई ढलाई आ'छु

जाहा जान्छु पुवर -बेकवार्ड भनि लास्टै रयाक गर्थे सुन्तली
"ह्वाट ईज इन नेम" सोध्दै सबका गाला तताई आछु


प्लिज बोर नगर नाँन्सेन्स क्वेश्चन सोधि,होयर ईज जनेउँ-जुत्ता सोधि
स्टुपिड्स् हरुलाई आज रियल लेस्शन पढाई आछु

घरमा मात्र नाम थियो, नाम मात्रको नाम थियो,
"द ग्रेट कान्छो" बनि आज, डार्लिङ्ग,नामको भ्यलु बडाई आछु

गीव मी ग्लाश सुन्तली,अजै आदा बोतल बचाई आछु,
साला,सधै नाच्थे उन्को गीतमा,आज सबलाई आफ्नो गीतमा नचाई आछु

कुरा छोड के-के भयो,को-को गयो,के रहयो,
धामीले डम्फो बजाए भन्दा बडि,सबका बाजा बजाई आछु
रचनाकार
सुरेश प्रसाद अर्याल "कान्छो"
पाल्पा नेपाल

Search

Contact Form

Name

Email *

Message *