*** क्षितिजपारी सम्झी, रूंदा *** गजल । शमशेर लामा मोक्तान । - Palpali Milan

27 February 2012

demo-image

*** क्षितिजपारी सम्झी, रूंदा *** गजल । शमशेर लामा मोक्तान ।

Shamsher+Lama+Moktan
मुखले नबोले नि, मन आफै बोल्दो रै'छ
क्षितिजपारी सम्झी रूंदा, छाती पोल्दो रै'छ

नौं डाँडाले छेके पनि झल्को यो आँखै भरी
यो ज्यान टाढा भए पनि,आत्मा सँगै डुल्दो रै'छ

विदाईका ती पलहरु, अनयासै सम्झी दिंदा
आँखाभित्र  आँशुको वाँध, आफै खुल्दो रै'छ


कैंयौ दु:ख , कष्ट गरे, आँशु नै भो साथी मेरो
आँशु पुछी मनलाई थामे,क्षणिक भरलाई भुल्दो रै'छ

दु:ख पछि सुख आउने, आशै आशको जिन्दगीमा,
विछोडपछि मिलन आउने,आशाको फूल फूल्दो रै'छ

मुखले नबोले नि,मन आफै बोल्दो रै'छ
क्षितिजपारी सम्झी,रूंदा छाती पोल्दो रै'छ

गजलकार
शमशेर लामा मोक्तान
पुरानगाँउ,रामेछाप
हाल साउदी अरब

Search

Contact Form

Name

Email *

Message *