मान्छे । कविता । बिना थिङ्ग तामांग । - Palpali Milan

22 February 2012

demo-image

मान्छे । कविता । बिना थिङ्ग तामांग ।

Bina+Theeng+Tamang
उस्तै छाला उस्तै हाड
उस्तै ति नशाहरु
उस्तै मासु उस्तै रगत्
उस्तै ति बहावहरु
उस्तै मुटु उस्तै धड्कन
उस्तै ति श्वासहरु
उस्तै आँखा उस्तै नजर
उस्तै ति दृश्यहरु
फेरि यो भिन्नता किन?
अनि विभेद किन?

म मान्छे उ मान्छे
तिमी मान्छे हामी मान्छे
फेरि यो शत्रुताको आभास किन?
मान्छे मान्छे बीच द्वन्द
मान्छे मान्छे बीच क्रन्दन किन?
ईश्वर उहि,प्रभु उहि
बुद्द उहि,अल्लाह उहि
मात्र आस्था फरक हुन्छ
आखिर भगवान एकै हुन्छ
तोड यो संकिर्णता
छोड यो धर्म विभेद
फोड यो रङ्गभेद
सबै ध्यय मानवहित
आउ मिलौं सबैसित
मनका ईर्ष्या द्वेषहरु
रिसरागका अवशेषहरु
सबै सबै त्यागौं
एकले अर्कालाई
सबै धर्मलाई
सम्मान गरौं
आदर गरौं
आत्मियताको उचाँई थप्दै
एक हौं भन्ने मन्त्र जप्दै
अघि बढौं मान्छे हामी
सृष्टिको नियम थामी
चिनारी दिउँ मान्छे भनि
किनकि हामी मान्छे हौं
विवेकशिल प्राणी हौं
कवियत्री
बिना थिङ्ग तामांग 'सुनगाभा'
काठमाडौँ नेपाल

Search

Contact Form

Name

Email *

Message *