संविधानको नाम लीई डेट बढ्दैछ । गजल । नैना निरझरा । - Palpali Milan

22 February 2012

demo-image

संविधानको नाम लीई डेट बढ्दैछ । गजल । नैना निरझरा ।

Naina+Nirjharaa
उपभोग्य सामानको रेट बढ्दैछ
लुटिखाने खन्चुवाको पेट बढ्दैछ

जती खायो उती खाउँखाउँ लाग्छ रे
कमिशनवाला हरुको भेट बढ्दैछ

अलकत्रै खाँदापनि अझै नपुगेर
ठालुहरुलाई ऐशको बजेट बढ्दैछ


रगत चुस्न थालेपछी कस्ले छोड्छ र
त्यसैले त सुरक्षाको गेट बढ्दैछ

अझैपनी खाने बाटो बाँकी राख्न होला
संविधानको नाम लीई डेट बढ्दैछ
गजलकार
नैना निरझरा
धादिंग नेपाल

Search

Contact Form

Name

Email *

Message *