![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmqtEevaNmghTo0BCyJT8P2BsdLfQE7lnIXO0iY-6vENXz5Mch0DF_cTZYNpLd0citH0bmZ_5XjgjAd4gVOKHmHMQ36Oz0CYhMzwTzm9-t-hb7K3AyEvsr86uW_YB7rcyll9U7-YPH5pSw/s200/Sarita+Sharma+Samadarshi.png)
उन्नाइस वर्षपछि विदेशिएको महेश आफ्नो गाउँ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ। साथीलाई आफ्नो छोरा चिनाउदै रमेश भन्छ "यस बर्ष बि एस सि सिद्ध्यायो अब एम एस सि गर्छ हरे।" तर ... महेश भने छोरालाई हेरेर केही छक्क पर्दै रमेशलाई प्रश्न गर्छ -"हन आमा बाउ त दुवै अग्ला छौ छोरा चाँही किन पुड्को"? रमेशले हाँस्दै हाँस्दै उत्तर दिन्छ "साथी तीन बर्षको उमेरदेखि पढाइको
उचाइ बडाउनलाई दिनहु बोक्ने किताबको ठेलिसँग यसको शारीरिक उचाइ बन्धकी राखीदिएको छ नि त।" दुवै हास्छन गललल.....
कथाकार
सरिता शर्मा समदर्शी
कालिमपोङ्ग भारत हाल कलकत्ता
बन्धकी । नेपाली लघुकथा । सरिता शर्मा समदर्शी ।
No comments:
Post a Comment