केतुले राहु चिन्दैन अरे । गजल । अस्मी जी.एम.। - Palpali Milan

22 February 2012

demo-image

केतुले राहु चिन्दैन अरे । गजल । अस्मी जी.एम.।

Ashmi+GM
चल्लाले माउ चिन्दैन अरे
छोराले बाउ चिन्दैन अरे

जमाना साच्चै उल्टेकै होकी
आसामिले साहु चिन्दैन अरे

अहंकारले गाँजेर नै होला
केतुले राहु चिन्दैन अरे


जहाँ खायो तेही थुक्ने गधा
माझीले नाउ चिन्दैन अरे

झुट्को खेति मौलाएर जाँदा
जुवाडेले दाउ चिन्दैन अरे

सहरी हावा लागेछ क्यारे
बिर्खेले गाउ चिन्दैन अरे

गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल

Search

Contact Form

Name

Email *

Message *