पर्खि बसे एकान्तमा । गजल । दर्शन योङ्हाङ लिम्बु । - Palpali Milan

22 February 2012

demo-image

पर्खि बसे एकान्तमा । गजल । दर्शन योङ्हाङ लिम्बु ।

Darshan+Yonghang+Limbu
फुल्न खोज्दै कोपिलामा,मर्न लागे फूललहरु
तर्न नपाई नै लगाए का,झर्न लागे पुलहरु

पर्खि बसे एकान्तमा,आउछु भनी नआउदा
मन भरी नै सजाएका,खस्न लागे तुलहरु

न्यानो स्पर्शको कसिलो,त्यो अङ्गालोमा
रम्न नपाई मायाका, सुक्न लागे मुलहरु


हुन्छ भन्दै तिमीले नै,मुटु मेरो टुक्र्याउदा
मलाई हेरी जता ततै,हास्न लागे हुलहरु

विश्वाश मा भरपारेर,जानीजानी घात गर्दा
व्यर्थ भयो प्रेम गर्नु,सोच्न लागे भुलहरु
गजलकार
दर्शन योङ्हाङ लिम्बु
भद्रपुर नेपाल ।

Search

Contact Form

Name

Email *

Message *