गजलको बहरमा उसैलाई देख्छु । गजल । जीतु खड्का गाउँले। - Palpali Milan

22 February 2012

demo-image

गजलको बहरमा उसैलाई देख्छु । गजल । जीतु खड्का गाउँले।

jeetu++khadka+gaaule
गजलको बहरमा उसैलाई देख्छु
सपनाको शहरमा उसैलाई देख्छु

बन्द गरे पनी आँखा तस्बिर छ उस्कै
संम्झनाको लहरमा उसैलाई देख्छु

कल्पनामा रम्दै हुन्छु उदाउदा सुर्य
मिर्मिरेको प्रहरमा उसैलाई देख्छु


प्रेम प्यासी मेट्न प्यास आतुर छु आँफै
विषालु त्यो जहरमा उसैलाई देख्छु

अँन्जुलिमा उठाएर प्यास मेटु जस्तो
कलकल बग्ने नहरमा उसैलाई देख्छु

गजलकार
जीतु खड्का गाउँले
मोरंग उर्लाबारी

Search

Contact Form

Name

Email *

Message *