छट्पटिदै यो मरुभुमिमा (गजल) अनु शाह । - Palpali Milan

22 February 2012

demo-image

छट्पटिदै यो मरुभुमिमा (गजल) अनु शाह ।

Anu+Shah
छट्पटिदै यो मरुभुमिमा बस्नुपर्ने हो कतिबेर
पर्खिरहेछ बसन्त,त्यहाँ पुग्न लाग्ने हो कतिबेर

टाढा बाट आउने सुगन्धले,मृगतृष्णा बढाई दिन्छ
थाकेको पाइलाको यात्रा रोकिन,लाग्ला नै कतिबेर

चाहेको मैले अबिरल बर्षा,सुख्खा बन्जर जिन्दगीमा
कोमल निराश मनको याचना, दुख्न लाग्लानै कतिबेर

बग्छन नयन कोशीश गर्छ,छातीको मायाले लुकाउन
मन्को तापले आँखाको आशुंलाई,सुकाउलानै कतिबेर

गजलकार
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA

Search

Contact Form

Name

Email *

Message *