सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै । नेपाली गजल । अस्मी जी.एम. । - Palpali Milan

11 February 2012

demo-image

सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै । नेपाली गजल । अस्मी जी.एम. ।

Ashmi+GM
कस्तो होला बेहुली बनि सर्माउदै बसेको दिन
नन्दा ज्युले बाटो छेकी उन्कै घरमा पसेको दिन

उसकी आमा मेरी सासु माना पाथी भर्ने बेला
घरमा लक्ष्मी आइ भन्दै मुसुमुसु हासेको दिन

सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै
आफ्नो थर हटाएर लोग्नेको थर गाँसेको दिन


बा-आमाको सस्कारलाई थाति राखुँ भनिकन
भाले बास्या डाँको संगै उठी दैलो धसेको दिन!
गजलकार
अस्मी जी.एम.
पोखरा नेपाल
सिउँदोमा सिन्दुर अनि हातमा चुरा बजाउदै । नेपाली गजल । अस्मी जी.एम. ।

Search

Contact Form

Name

Email *

Message *