यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा । नेपाली गजल । स्टारह्याङ्ग वान्तवा । - Palpali Milan

11 February 2012

demo-image

यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा । नेपाली गजल । स्टारह्याङ्ग वान्तवा ।

Starhang+Bantawa+jalan
यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा

अब हाम्रो उमेरले डाँडा काटिसक्यो हेर
बहिनिको लागि नि केटा हेर्नुपर्छ छोरा

छिमेकिले मिलेर हेप्न थालेकाछन् यहाँ
आफ्नो जती करेसा बारी घेर्नुपर्छ छोरा


घरफर्क अबत कती विदेश बस्छौ भन ?
हामीमर्दा कफनले तिम्ले बेर्नुपर्छ छोरा

यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा

गजलकार
स्टारह्याङ्ग वान्तवा 'जलन' झुत्रेजेठा
इटहरी नेपाल ( हाल- यु ए ई )
नेपाली गजल । स्टारह्याङ्ग वान्तवा जलन ।

Search

Contact Form

Name

Email *

Message *