टिप्ना साथ ओइली जाने । नेपाली गजल । शान्ती अधिकारी । - Palpali Milan

22 February 2012

demo-image

टिप्ना साथ ओइली जाने । नेपाली गजल । शान्ती अधिकारी ।

Shanti+Adhikaari
टिप्ना साथ ओइली जाने,साग हो कि जिन्दगी यो
जोड,घटाउ,गुणन अनि,भाग हो कि जिन्दगी यो

जति पुरा गरे पनि, सधै रित्तो भए जस्तो
असिमित त्यो चाहानाको,माग हो कि जिन्दगी यो

हेर्दा राम्रो देखे पनि, जिउनलाई गाह्रो पर्ने
पिरो पिरो खुर्सानीको,राग हो कि जिन्दगी यो


यस्का लागि त्यस्का लागि, भन्दै सधै बाच्नु पर्ने
विषालु त्यो विष छर्ने, नाग हो कि जिन्दगी यो

चौरासी जुनी पार गरी, जन्मिन्छ रे मान्छे यहाँ
हिरा भन्दा अमुल्य त्यो,खाग हो कि जिन्दगी यो

गजलकार
शान्ती अधिकारी
नेपालगञ्ज

Search

Contact Form

Name

Email *

Message *