फूल रोजौं कि तिमी रोजौं ( गीत ) - Palpali Milan

05 March 2012

demo-image

फूल रोजौं कि तिमी रोजौं ( गीत )

Rajesh+Rumba+Lama
फूल रोजौं कि तिमी रोजौं,दुवै उस्तै लाग्न थाल्यो
दोधारैमा पर्दा आज मनको चैन भाग्न थाल्यो

कति कोमल लाग्छ मुहार त्यस्तै सुन्दर फूल जस्तो
कहिले गर्ब लाग्छ पाउँदा कहिले गरें भुल जस्तो
के गरौँ म भन प्रिय मनले तिमीलाई माग्न थाल्यो
दोधारैमा पर्दा आज मनको चैन भाग्न थाल्यो




हिमाल झैं छाती तिम्रो झरना सरि केस आहा !
कति राम्रो सुहाएको नेपाली त्यो भेष आहा !
आफ्नै पार्ने चाहनाले साँच्चै सिमा नाग्न थाल्यो
फूल रोजौं कि तिमी रोजौं,दुवै उस्तै लाग्न थाल्यो

फूल रोजौं कि तिमी रोजौं,दुवै उस्तै लाग्न थाल्यो
दोधारैमा पर्दा आज मनको चैन भाग्न थाल्यो
गीतकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

Search

Contact Form

Name

Email *

Message *