वाह ! भन्ने यौटा काम गरेर जाऊ - गजल - Palpali Milan

06 March 2012

demo-image

वाह ! भन्ने यौटा काम गरेर जाऊ - गजल

Pawan+GM
जताततै खुसियाली, छरेर जाऊ
गरीबको दुःख पीडा, हरेर जाऊ

दानी बनी आफू मेटि, दीन दुखीको,
खाली झोली संधैभरि, भरेर जाऊ

स्वार्थी भए संसारमा,मानीस आज,
स्वार्थ देखी टाढा कतै, सरेर जाऊ




बाँचुञ्जेल चर्चा होस्, मरेर गए,
वाह! भन्ने यौटा काम गरेर जाऊ

फुल्छ भने लोकतन्त्र,कोपीला फक्री,
कोपीलामै ओइलीएर, झरेर जाऊ

शहिदको नाम फेरि, चाँहियो किन?
रक्षा गरि मातृ भूमी, मरेर जाऊ

गजलकार
पवन घर्ती मगर विवश
गुल्मी हाडहाडे

Search

Contact Form

Name

Email *

Message *