रामै छैन रामको कुरा के गर्नु । गजल । वेद थापा “बेहोशी”। - Palpali Milan

11 March 2012

demo-image

रामै छैन रामको कुरा के गर्नु । गजल । वेद थापा “बेहोशी”।

Bed+Thapa
कामै छैन कामको कुरा के गर्नु खोई साथी यहाँ,
मामै छैन मामको कुरा के गर्नु खोई साथी यहाँ ।।

दौरासुर्वाल पहिरे पनि भित्री खल्ती खाली बरा,
दामै छैन दामको कुरा के गर्नु खोई साथी यहाँ ।।

रंग्याईन्छ जीवन भन्छन पिउंने अनि पिलाएर,
जामै छैन जामको कुरा के गर्नु खोई साथी यहाँ ।।


अंधेरीको झरीवर्षा झेल्न बाध्य जीवन भयो,
घामै छैन घामको कुरा के गर्नु खोई साथी यहाँ ।।

के लाम के खाम संधैभरी मन्दिर धाउंने कति,
रामै छैन रामको कुरा के गर्नु खोई साथी यहाँ ।।

गजलकार
वेद थापा “बेहोशी”
सेतिदोभान ७, स्यांजा ।।

Search

Contact Form

Name

Email *

Message *