नेपाली गीत "एउटै कथा व्यथा" राजेश रुम्बा लामा । - Palpali Milan

19 March 2012

demo-image

नेपाली गीत "एउटै कथा व्यथा" राजेश रुम्बा लामा ।

Rajesh+Rumba+Lama
एउटै कथा व्यथा तर,अलग जिउनु पर्ने
कुन जुनिको पाप हो सानी? आँशु पिउनु पर्ने

मलाई  दुखे तिम्लाई दुख्छ तिम्लाइ दुखे मलाई
गर्न सक्ने केहि होइन बस्नु पर्ने टोलाइ
हरेक प्रहार यो मन फाट्दा एक्लै सिउनु पर्ने
कुन जुनिको पाप हो सानी ? आँशु पिउनु पर्ने


ठिक छ अब मन बुझाउँदै बाँच्न सिकौ है
कुरा काट्छन् देखे यहाँ हाँस्न सिकौं है
हाम्रो माया मनमै रहोस हिडौं आफ्नै बाटो
अर्को जुनी सागै जिउन हौला ढुङ्गा माटो

एउटै कथा व्यथा तर अलग जिउनु पर्ने
कुन जुनिको पाप हो सानी आँशु पिउनु पर्ने

गीतकार
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

हाम्रो अभियान “श्रष्टाको सम्मान” ।

Search

Contact Form

Name

Email *

Message *