मात्तिएर आउछ राती । गजल । साबित्रा लुइँटेल घिमिरे । - Palpali Milan

19 March 2012

demo-image

मात्तिएर आउछ राती । गजल । साबित्रा लुइँटेल घिमिरे ।

Sabitra+Luitel+%28Ghimire%29
मात्तिएर आउछ राती पिएको छैन भन्छ
खुट्टा छैन तल माथी, पिएको छैन भन्छ !!

स्वाङ पनि कति हो कति,तर ढाँटिन्न म
हरे कस्तो विस्वाशघाती, पिएको छैन भन्छ !!

बोल्या बोल्यै गर्छ हेर घरि उधो घरि उभो
कुरा गर्छ लौ नाना भाती, पिएको छैन भन्छ !!


सबै बाटो मेरो मात्र भन्दै कराउछ हरे
ढुंगालाई हान्छ लात्तीले, पिएको छैन भन्छ !!

हे भगवान! कुन दिनमा भेटेँ यस्तो मैले
अचम्मको जीवनसाथी, पिएको छैन भन्छ !!

गजलकार
साबित्रा लुइँटेल घिमिरे
झापा

Search

Contact Form

Name

Email *

Message *