कुनै आशुँ बग्दैन जम्छ परेलि भित्रै ।
कुनै घाऊ देखिदैन लुक्छ छाती भित्र।
यो नसोच्नु छैन निर आँखामा कुनै।
यो नसोच्नु चर्किदैन मुटुमा घाऊ कुनै।
नदेखाउँ दु:ख अरुलाई भनी मौन हुन्छु।
कहिले काँही एकान्तमा विवश भई रुन्छु।
कहिले छातीको मायाँले पिरहरु लुकाउछ।
कहिले मनको तापले आशुँहरु सुकाउछ।
सोचेको थिएँ पर्दिन यो समस्यामा फेरी।
नयाँ सुरुवात गर्नेछु अब राम्रो साइत हेरी।
समस्या त उही रहेछ समय मात्रै फरक।
अनुहार त उही रहेछ मुकुन्डो मात्रै फरक।
कुनै घाऊ देखिदैन लुक्छ छाती भित्र।
यो नसोच्नु छैन निर आँखामा कुनै।
यो नसोच्नु चर्किदैन मुटुमा घाऊ कुनै।
नदेखाउँ दु:ख अरुलाई भनी मौन हुन्छु।
कहिले काँही एकान्तमा विवश भई रुन्छु।
कहिले छातीको मायाँले पिरहरु लुकाउछ।
कहिले मनको तापले आशुँहरु सुकाउछ।
सोचेको थिएँ पर्दिन यो समस्यामा फेरी।
नयाँ सुरुवात गर्नेछु अब राम्रो साइत हेरी।
समस्या त उही रहेछ समय मात्रै फरक।
अनुहार त उही रहेछ मुकुन्डो मात्रै फरक।
कवियत्री
अनु शाह
बानेश्वर काठमाडौँ नेपाल
हाम्रो अभियान “श्रष्टाको सम्मान” ।
No comments:
Post a Comment