*** प्रियसीजीको होली विशेष नेपाली गजल *** - Palpali Milan

07 March 2012

demo-image

*** प्रियसीजीको होली विशेष नेपाली गजल ***

Dirgraj+priyasi
यस्पालीको होलीमा जरुर आउनु होला॥
निम्तो भरी बोलीमा जरुर आउनु होला॥

परिवर्तन नगरेरै सँस्कृतिलाई,
गुन्यू सारी चोलीमा जरुर आऊनु होला॥

क्या गजबै मज्जा हुने शरीर भिजाएर.
रंग भरी लोलीमा जरुर आउनु होला॥



सिंगार पटार चिटिक्कै सजिएर अब,
चढ्नु छ त्यो डोलीमा जरुर आऊनु होला॥

हो बडो रमिता हुनेछ आमन्ने सामन्ने.
पिच्कारीको गोलीमा जरुर आउनु होला॥

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

Search

Contact Form

Name

Email *

Message *