तिमी बिना शुन्य लाग्छ जिन्दगी । गीत। सुवास संगम राई । - Palpali Milan

15 March 2012

demo-image

तिमी बिना शुन्य लाग्छ जिन्दगी । गीत। सुवास संगम राई ।

Subas+Sangam+Rai
बिछोडेर फेरी मनले तिमीलाई माग्न थाल्यो
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो

अन्जानैमा तोड्यौं वाचा अटल पहाड जस्तो
छुटिएर जिउँ भनेनी बाँच्नै गाह्रो हुने कस्तो ?
तिमी नै यो भाग्यमा लेख्या जस्तो लाग्न थाल्यो
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो



हिज आज सम्झनामा रसाउँछ आँखा कति
तिमी बिना शुन्य लाग्छ जिन्दगी यो अति
साथ तिम्रो पाउँ भनि मनले देवी बाग्न थाल्यो
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो

बिछोडेर फेरी मनले तिमीलाई माग्न थाल्यो
ओईलीएका सपनाहरु लर्बराउँदै जाग्न थाल्यो
गीतकार
सुवास संगम राई
लोखिम - ३ सोलु
हाल : यु.ए.ई
हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

Search

Contact Form

Name

Email *

Message *