*** जलन दाजुको नेपाली गजल *** - Palpali Milan

15 March 2012

demo-image

*** जलन दाजुको नेपाली गजल ***

Starhang+Bantawa+jalan
मायाको यो डोरी किन बाँटेर गयौ ।
आँफै मुटु जोडी किन फाँटेर गयौ ।।

देउरालीमा तिम्रो बाटो कुरेर बस्दाँ ।
तिमी चाँही छोडी डाँडा काँटेर गयौ ।।

चखेवाको जोडी बनी उडौला भनी ।
हाम्रो नाता तोडी आज ढाँटेर गयौ ।।


जीवनमा सुख दु:ख सहुँला भन्दै ।
मन अन्तै मोडी मुटु साँटेर गयौ ।।

मेरो खुशी सँग आज खेलेर किन ।
अर्कै फूल गोडी के'चै आँटेर गयौ ।।

गजलकार
स्टारह्याङ्ग वान्तवा 'जलन' झुत्रेजेठा
इटहरी नेपाल ( हाल- यु ए ई )

हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

Search

Contact Form

Name

Email *

Message *