*** पूर्ण दाजुको नेपाली गजल *** - Palpali Milan

10 March 2012

demo-image

*** पूर्ण दाजुको नेपाली गजल ***

purna+bandhan
वैगुनीले छ्यापेको हिलो पखालेर जाने भए
किन्थे बरु नाङ्गलो एउटा निफानेर जाने भए ।।

हलुको भएन कहिल्यै कर्मको असिमित भार
दुईचार किलो उचाल्थे नि उचालेर जाने भए ।।

कुस्ती खेल्नु लडाइँ गर्नु जानिएन कहिले पनि
बुंगबुंग्ती पो पछार्ने थें नि पछारेर जाने भए ।।


ठेगागाडा ठेलेरै पनि भोको पेट पाल्छन् कती
भिरालो खोजी धकाल्थें नि धकालेर जाने भए ।।

टलबल टलबल आँसू मेरा पोखिनुको अर्थ के
गाग्री भरी सम्हाल्थें नि सम्हालेर जाने भए ।।

गजलकार
पूर्ण बन्धन
कोपनहेगन डेनमार्क

Search

Contact Form

Name

Email *

Message *