*** सुवास 'संगम' राईजीका गजलहरु *** - Palpali Milan

05 September 2012

demo-image

*** सुवास 'संगम' राईजीका गजलहरु ***

 तिमीलाई नी पाउँछु क्या..!!
subash+sangam+rai+lokhim+solu
छाती भित्र मुटु सँगै,तिमीलाई नी पाउँछु क्या
सपनीमा अचेल म त, तिम्रै बस्ति दाउँछु क्या

जहाँ जता गए पनि, तिम्रै यादमा कल्पि सँधै ,
प्रणयका शब्द मिसाई,गीतहरु म गाउँछु क्या

हाम्रो मिलन हुन्छ हुन्न,थाहा छैन कठै ! बरा,
तर म त कल्पनामै,प्रितको छाप्रो छाउँछु क्या



जती टाढा हुन्छौ त्यति,तिम्रो मनलाई फर्काएर,
मेरो मनको कठघरामा,हेर सँधै उभाउँछु क्या

तिम्रो स्वागत गर्न यहाँ,मेरो दिलको बँगैचामा,
'सुवास'छर्ने फूलैफूलको,बीजहरु म लाउँछु क्या


दुष्टात्माले आदर्शको कुरा लेख्छन् अचेल

Subash+sangam+raiदुष्टात्माले आदर्शको कुरा लेख्छन् अचेल
आफु जस्तै अरु मानव क्रुरै देख्छन् अचेल

ईर्ष्यालुको यो संसारमा बाँच्न कठिन रै'छ,
कोही अगी बढ्न खोजे बाटो छेक्छन् अचेल

स्वयमलाई पहाड सम्झी निर्धक्क भै फट्टी,
अरुको ति स्वाभिमानी शिरै टेक्छन् अचेल

पानी राख्ने आम्खोरा'नी जसै अछुत सम्झी,
नसा चुसी रगतले पो प्यासै मेट्छन् अचेल

स्वार्थसादक मनहरुको कर्मै कस्तो कठै !
छानी-छानी मान्छेलाई,यहाँ रेट्छन् अचेल

निश्चल मायाँ झुक्यो कसम  

वैगुनीको सामु मेरो निश्चल मायाँ झुक्यो कसम
Subas+Sangam+Rai
बल्झिएर दिलको घाउ जिन्दगी नै दुख्यो कसम

आफ्नै सम्झी साथ दिए थें, सुख दु:ख पर्दा खेरी,
बदलामा दिल दिएको,मान्छेले नै थुक्यो कसम

कस्तो मायाँ लाएँ मैले आखिर आँशु पिउनै पर्ने,
सुख छैन जिन्दगीमा हाँसो खुसी लुक्यो कसम

टुट्यो सारा विश्वाशहरु,आफ्नै मान्छे ठानी हिंड्दा,
निर्मोहिको पासो भित्र,जीवन मेरो चुक्यो कसम

यो दिल भित्र पिरतीको, शुन्दर फूल रोपेको थें,
तर आज 'सुवास' छैन सन्तापैमा सुक्यो कसम

गजलकार
सुवास संगम राई
लोखिम - ३ सोलुखुम्बु

Search

Contact Form

Name

Email *

Message *