साहित्यको साझा रस्वादन ( नव आगन्तुक साथी विशेष ) - Palpali Milan

01 May 2017

demo-image

साहित्यको साझा रस्वादन ( नव आगन्तुक साथी विशेष )



mangolian+samart*** मेरो शव जलाईदिनु ***

सिर्फ तिमी एक झिल्को लगाईदिनु
पतिङ्गर सम्झी मेरो शव जलाईदिनु


मैले चिट्ठी खसालेको वर्षौ भैसक्यो
यसपालि चाहिँ जसरी नि उठाईदिनु


मलाई खोज्दै काल हराएछ क्यारे
म सम्म आईपुग्ने बाटो देखाईदिनु

यदाकदा कसैले भगवान् भेट्यो भने
सँधैको लागि निदाउनु छ सुनाईदिनु



म मरेको कसैले चाल नपाउलान्
सबैतिर सुन्ने गरि शंख बजाईदिनु

हुन त सबैजना हाँस्ने मात्रै छन
रुने कोहि निस्क्यो भने फकाईदिनु

Mongolian Samrat तसर्पु-९ धादिङ सल्ले हाल- साउदी अरब




harry+gautam*** खुसीका ति प्यालाहरू ***

सुर्यदोय:को किरण साथै, खुसीका ति प्यालाहरू
नयाँ वर्ष लिएर आओश्,जिन्दगीका उज्यालाहरू

उदासीका दीन सबै, अन्तै कही भगाएर
सधै-सधै छाई रहुन् ,उमगंका पलहरू

दुनीयालाई दीने खुसी यो मूटुमा फलाएर
वसन्तले मेटाई दीओस्, सारा तलतलहरू

सम्झनाको छहारीमा, ममताको छानो लगाई
डेरा गराई छाती भीत्र वसाउ,प्रेमील छायाँहरू

तिम्रो घर मेरो दैलो सबको एउटै आँगन बनाई
अजम्बरी बनाई दीउ,हाम्रो मोह मायाँहरू

Harry Gautam पोखरा नेपाल हाल हरियाना भारत 

 


Balbir+lamsal+sudip*** निष्टुरी मायाँ ***

दुख दिन्छौ घरिघरी, बाहानामा अनेक थरी
यी आखामा आसुकोभेल, अटल हुन्छ सधैभरी

मायागर्नै वाहानामा, संगै वस्ने चाहानामा
घर न घाटको पार्यैसानु, परिवार अनि जहानमा

तिमो्र निम्ती लड्दा लड्दै, मैदानमा ढलेंसानु
जिउदो शरिर मूर्दा सरी, मसानघाटमा जले सानु

मेरो घर र तिम्रोघरमा, एक्लै पार्दै गयौ सानु
मेरोमन दुखाएर तिमी चोखो भयौ सानु

दुख दिन्छौ घरिघरी, बाहानामा अनेक थरी
यी आखामा आसुकोभेल, अटल हुन्छ सधैभरी

बलवीर लम्साल घमिर, गुल्मी


Search

Contact Form

Name

Email *

Message *