Nepali Gazal By P.M. - Palpali Milan

06 May 2017

demo-image

Nepali Gazal By P.M.

 

Nepali Gazal By P.M. 

 

milan+aryal+palpali+milan+nepali+blogger+in+osaka+japan *** लुकाउनेले मारिन ***

मृग नयनी नयन जुधाउनेले मारिन
मनमा माया भएनी लुकाउनेले मारिन

परि हुन कि अप्सरा बयान कसरी गरु
रुपको जादुले जगै भुलाउनेले मारिन

गुलाबको फुल ठानी मनमन्दिरमा सजाए
टिपी संगै राख्न खोज्दा बिझाउनेले मारिन


एकै दिन नदेखेनी सोधीखोजी गर्छिन रे
भेटौ भनी सधै ढाटी कुराउनेले मारिन

न त आफुले भन्छिन न मेरो सामु पर्छिन
सधै तड्पाएर मुटु दुखाउनेले मारिन


milan+aryal+palpali+milan+snow+falling+photo+of+nepali+boy*** नबोलेकै जाती ***

चाहिन्न मलाई झुटा सम्बन्ध त्यी नानाभाती
मन परे बोले हुन्छ नत्र नबोलेकै जाती

अच्चमै छ यो दुनिया माथी चढे खुट्टा तान्ने
छुट्टाउनु है बेलैमा को चाही शत्रु को साथी

मुखमा चै रामराम बगलीमा छुरा बोकी
जस्लाई आफ्नो ठानिन्छ उही भइदिन्छ घाती

चिन्न सके त ठिकै छ नत्र परौला फन्दामा
कालो मेघले ढाकेझै दिउसै हुनेछ राती

सबै कुरा बिर्सेपनी नभुल्नु एउटा सत्य
जन्मदाता आमाबुवा भगवान भन्दा माथी



*** सजाउन मन लाग्यो नि ***
nepali+boy+with+sakura+japan 
धेरै पछी आज फेरी रमाउन मन लाग्यो नि
थाती राखेका सपना सजाउन मन लाग्यो नि

देशमा हजारै ठिक यता लाखै पनि भो कम
पैसाको यो मोहमाया हटाउन मन लाग्यो नि

जे भने पनि सहदै हसा हजुरा भन्नु भन्दा
बाझो खेत खनी बाली फलाउन मन लाग्यो नि

यो कोलाहल र भिड आफ्नो भन्ने कोही छैन
दु:ख सुख आफ्नैसँग कटाउन मन लाग्यो नि

भुली सबै एकान्तमा साहित्य रसपान गर्दै
थन्केको कलम फेरी चलाउन मन लाग्यो नि



funny+nepali+gajal+nepali+boy+milan+aryal



आफ्नो जस्तै लाग्छ सहर तिम्रो
जीवन का हर प्रहर तिम्रो

जुधे यी नयन हजारौ सित
मोहनी नै लाग्ने नजर तिम्रो

जादु गर्‍यौ छरी मन्द मुस्कान
पिपलपाते त्यो अधर तिम्रो

** सिरानीमा रहेकी प्यारी नानीमा समर्पित **


Search

Contact Form

Name

Email *

Message *