उसको जित अनि मेरो हार भएको छ - Palpali Milan

22 July 2017

demo-image

उसको जित अनि मेरो हार भएको छ

ekal+yatri+abhinash



उसको जित अनि मेरो हार भएको छ
उस्कै अघि यो जीवन बेकार भएको छ

उमंग भरिएको त्यो कोमल जवानी
सबैलाई लल्च्याउने व्यापार भएको छ

वास्तवमा म यो कुरामा मात्र खुशी छु
उस्ले चाहेका कुराको बजार भएको छ



बिचरीलाई ले थाहा यहाँ मेरो जीवनमा
के कस्तो अनौठो समाचार भएको छ

अझै एकल यात्री बनेर संसार घुम्दैछु
किन कि यो मन जलेर खार भएको छ
एकल यात्री
अभिनाश साउद
कैलाली नेपाल  
हाल मुम्बई भारत

Search

Contact Form

Name

Email *

Message *